Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसीलाई यथास्थितिमा आँखा चिम्लेर समर्थन गरिँदैनः माधव नेपाल

एमसीसीलाई यथास्थितिमा आँखा चिम्लेर समर्थन गरिँदैनः माधव नेपाल

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिले कै अवस्थामा आँखा चिम्लेर समर्थन नगर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने आफ्नो प्रष्ट धारणा रहेको बताएका हुन् । 

    AGNI GROUP

    ‘एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको छ, गठबन्धन टुटीसकेपछि चुनावमासँगै नजाने पो हो कि? भन्ने प्रश्न पनि उठेको छ, तर यी सबै चुनौतीको सामना गर्न हामी तयार छौँ ।’ नेपालले भने, ‘हेरौँ अब के हुन्छ?’ तर संशोधन बिना आफूहरुले एमसीसीलाई समर्थन नगरिने उनले प्रष्ट पारे । 

    नेता नेपालले भने, ‘कुन–कुन बुँदामा करेक्सन गर्नुपर्छ भनेर हामी छलफलमा छौँ, तर अमेरिका करेक्सन गर्न तयार छैन भन्ने चर्चा पनि छ, यहिँ बारेमा अमेरिकासँग पनि छलफल चलिरहेको छ ।’ एमसीसीबारे दलहरु विभाजित रहेको र जनमत पनि विरोधमा रहेकाले यसबारे जनतालाई प्रष्ट पार्नु  आवश्यकता रहेको नेता नेपालले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij