Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

एसएसपी उमेशको उर्दी

बग्गीखानाभित्र थुक्ने ट्राफिकलाई दिनभर होल्ड

बग्गीखानाभित्र थुक्ने ट्राफिकलाई दिनभर होल्ड

  • जीबी लामा

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख हुन् एसएसपी उमेशराज जोशी । महिनादिन अघि कुर्सी सम्हालेका एसएसपी जोशीले बग्गीखाना नयाँपन ल्याउने प्रयासमा जुटिरहेका छन् एसएसपी जोशी । पुस २६ गते हाजिरी भएका एसएसपी जोशीले मातहतका कार्यालयका प्रमुखलाई नागरिकको सेवामा सक्रिय रहन कडा निर्देशन दिँदै आएका छन् ।

    AGNI GROUP

    केहीदिन अघिको नियमित बैठकमा एसएसपी जोशीले भने, ‘केही गर्छु भनेर मिहिनेत गर्नेहरुले कमाण्ड लिन कताकता पुगिसके । नयाँ नयाँ काम गरेर जनताको मन जितिरहेका छन् ।’ बग्गीखाना धेरै समयअघि देखि कतै सरुवा नलिई बसेकालाई निशानामा ल्याउँदै थपे, ‘दशवर्ष देखि एकै ठाउँमा अड्डा जमाएर के के गरेको छ, त्यसको हिसाब हेर्देछु ।’

    यसभन्दा अघि बग्गीखाना परिसरमा जथाभावी थुक्ने केही ट्राफिकलाई दिनभर उभ्याएर कारवाही समेत गरेका एसएसपी जोशीले ट्राफिक परिचालन र जनचेतनामूलक काममा सक्रिय रहँदै आइरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij