Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आइतबार काँग्रेसले भातृ संस्थाको विधान पारित गर्ने

आइतबार काँग्रेसले भातृ संस्थाको विधान पारित गर्ने

  • ललितपुर/ नेपाली काँग्रेसले फागुन १ गते आइतवार भातृ संस्थाहरुको विधान पारित गर्ने भएको छ। सत्तारुढ दल काँग्रेसको बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादनको बैठकमा भातृ संगठनको विधानका विषयमा छलफल भएको थियो । शुक्रबारको बैठकमा काँग्रेसको संघीय संरचना अनुरुपको भातृ संगठनको विधान काँग्रेस नेता एनपी साउदले प्रस्तुत गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए। समयमै महाधिवेशन नहुँदा काँग्रेसका सबै जसो भातृसंस्थाहरु तथालिङ्ग अवस्थामा छन्। तरुण दलको केन्द्रीय समिति ४ वर्षदेखि ४/५ जनामा सीमित छ। नेविसंघको अवस्था पनि उस्तै छ। अन्य भातृ संस्थाहरु पनि प्रायः निष्कृय जस्तै छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘संघीय संरचना अनुरुपको विधान प्रस्तुत भएको छ । भोलि शनिबार सबैले सो विधान पढ्नुहुनेछ र पर्सीको बैठकले विधान पारित गर्नेछ ।’, महतले भने । यससँगै बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताका विषयमा छलफल भएको छ ।

    AGNI GROUP

    ‘एमसीसीबारे पहिले जस्तै सहमति छ । यो प्रक्रिया अगाडि बढाउने कुरा हामीले नै अघि बढाएको हो । एमसीसीबारे अन्यौल राख्न नहुने दृष्टिकोण हो ।’, महत बताउनुहुन्छ । विगतमा एमसीसी सम्झौताको समयमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई लगायत सबैको संलग्नतामा मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको उनले स्मरण गराए । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बस्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij