Jun 16 2026 | २०८३, असार २ गते
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीमा विवाद गर्नुमा कुनै तुक नरहेको वताएका छन् । ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए। अध्यक्ष ठाकुरले एमसिसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए। अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij