Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । सोलुखुम्बुमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ। ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेज बहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीका अनुसार गत बिहीबार छोराको घर जान्छु भनी हिंडेका लामा तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर प्रहरीलाई आफन्तले गरेपछि खोजतलास गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको हो।
यस्तै लामिछानेको हुँगा दुधकोशी सामुदायिक वनमा घाँस काट्न जाने क्रममा भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
फाइल तस्बिर
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij