Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । झापाको मेचिनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन्। बिजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका बराईली उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij