Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

चार वर्षमा बने ४४ वटा ऐन

चार वर्षमा बने ४४ वटा ऐन

  • जनकपुरधाम/ मधेश प्रदेशमा चार बर्ष अवधिमा ४४ वटा ऐन बनेको छ। मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन । जनकपुरधामस्थित मधेस भवनमा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको चार वर्षको उपलब्धि बारे धारणा राखेका थिए।

    onlinepatrika
    Arghakhachi

    पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राउतले विभिन्न समस्याका बाबजुद पनि मधेश सरकारले चार वर्षमा थुप्रै उपलब्धि प्राप्त गरेको बताए। प्रदेश सरकार गठन हुँदा दुई पार्टीको गठबन्धन थियो। अहिले काँग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर सरकार बनेको छ।

    AGNI GROUP

    प्रदेश सरकार गठन हुँदा प्रदेश सरकार चलाउन निकै कठिन भए पनि अहिले दर्जनौ ऐन बनेको उनले जानकारी गराए।मुख्यमन्त्री राउतले भने, ‘अवश्यकतानुसार नियमावली, निर्देशिका र कार्यविधि बनाएर अगाडि बढिरहेका छौँ।’

    प्रदेश परिवहन छिट्टै सञ्चालनमा ल्याइने उनको भनाइ छ। प्रदेश सरकार २०७४ फागुन ३ गते गठन भएको थियो। मङ्गलबार मधेश सरकार चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको हो। कार्यक्रममा मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मन्त्रीको उपस्थिति थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij