Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं/ वर्तमान पर्यटनमन्त्री प्रेम आले एकपछि अर्को चर्चामा छन्। नारायणहिटीभित्र बतास समूहकाे हाेटल हटाउनेदेखि पशुपति क्षेत्रमा बतास समुहकाे हाेटल हटाउनेसम्मका काम गरेर चर्चामा रहेका आलेकाे अहिले समाजिक सञ्जालमा भिडियो भाइरल बनेको छ । बहालवाला पर्यटन मन्त्री प्रेम आलेले बोलेको अपशब्दले सबैतीर चासाे र चर्चा चलाएकाे छ। अछाम घर भई भारतको मुम्बइमा रहेका जगत ओली नामका युवकसँग कुराकानीको क्रममा मन्त्री आले तथानाम गाली गर्छन् । त्यत्तिमात्र होइन ठाउँको ठाउँ त्यहीँबाटै उठाउनेसम्म मन्त्री आलेले धम्की दिन्छन् । सार्वजनिक भएको २ मिनेट २५ सेकेन्डको भिडियोमा मन्त्री आले युवकलाई गाली गलौज र धम्की दिएको सुनिन्छ । मन्त्री आले : ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो र?’ ओली : ‘हैन हजुर,हामीले पनि यस्तो आश गरेका थिएनौँ, के गर्नु ?’ मन्त्री आले : ‘कस्तो आश ?’ ओली : ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के !’ त्यसपछि मन्त्री आले एक्कासी आक्रोशमा आउँछन् र युवकलाई गालीगलौँज गर्छन् । ‘कुन ठाउँमा छस् भन त ?’ भन्दै मन्त्री जँगिदा युवक भन्छन्, ‘आउन त आउ म मुम्बइ छु ।’ मन्त्री आले गालीगलौँज गर्न छाड्दैनन् र धाराप्रवाह गालीगलौँजमा उत्रिन्छन् । भिडियो हेर्दा स्वभाविक रुपमा मन्त्री आलेको गल्ती देखिन्छ किनकि राज्यको उच्च ओहोदामा बसेर यसरी गाली गर्न सुहाउने कुरा होइन । जे घटना वा विषय हो त्यसमा संयमता अपनाएर प्रश्न गर्ने ठाउँमा उनी कुनै गुण्डा नाइकेसरी उत्रिएका छन् । यो त भयो मन्त्री आलेको दुर्बल पाटो । अब लागौँ फेसबुकमा भिडियो अपलोड गरेर भाइरल भएका युवक जगत ओलीतिर । उनको सामाजिक सञ्जाल फेसबुक चहार्दा उनी विगतदेखि विभिन्न मन्त्री, नेताहरुविरूद्द आक्रमक रुपमा उत्रेर अनेकथरी लेख्ने गर्दै आएका छन् ।युवकको फेसबुक राम्रोसँग चियाउँदा उनी नेकपा एमालेनिकट भन्ने प्रष्टै बुझिन्छ । एमालेलाई गाली गरेको पटक्कै सुन्न नसक्ने र विरोधमा उत्रिइहाल्ने उनको फेसबुक हेर्दा सजिलै थाहा पाइन्छ । यसरी उनको फेसबुके क्रियाकलाप हेर्दा नियतबश नै मन्त्री आलेलाई पनि खुइल्याउन उनले हर्कत गरेका हुन् भन्ने प्रष्टिन्छ । मन्त्री आले र युवकको उक्त भिडियोसँगै थप सामग्रीहरु पनि सार्वजनिक भएका छन् । युवकले मन्त्री आलेसँग एक वर्षसम्म ५० लाख कुरेको तर, रकम उपलब्ध नभएपछि समाचार अपलोड गर्न बाध्य भएको भनेका छन् । सार्वजनि भएको म्यासेजको स्क्रिनसट हेर्दा युवकले आफू जगत ओली भएको बताउँदै २४ घन्टाभित्र ५० लाख रकम माग आफ्नो बैंक खातामा पठाउन अल्टिमेटम दिएका छन् ।युवकले भनेका छन्, ‘इफ यु अक्सेप्ट माई डिमान्ड वी डिलिट योर भ्वाइस विदिन ट्वेन्टीफोर आवर्स,सेन्ड फिप्टी लाख । आई एम जगत ओली एन्ड रिप्लाइ मि सुन ।’ तर, मन्त्री आलेबाट कुनै जवाफ नआएपछि ५० को सट्टा २० लाख नगद मागेका छन् । युवकले लेखेका छन्, ‘सेन्ड मि २० लाख सुन यु सो सेल्फिस एण्ड रिप्लाइ मि ।’ यी सबै हेर्दा, भारतमा बसेर मन्त्री आलेसँग ब्ल्याकमेलिङ गरेर नसकेपछि युवकले अन्तमा उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको देखिन्छ । मन्त्री आलेसँगै युवकको पनि असली रुपमा मिडियामा आएपछि युवकले मिडिया र मन्त्री आलेविरुद्ध मानहानीको मुद्धा लगाउने चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘यस्लाइ प्रमाणित गर्न चुनौती दिन्छु यदि भएन भने प्रेम आलेलाई मानहानीको मुद्दा लगाउने छु प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij