Jun 16 2026 | २०८३, असार २ गते
काठमाडाैँ । काठमाडौँको नयाँ बानेश्वर र बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसीको विरोधमा प्रदर्शनले उग्र रूप लिएको छ। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि वानेश्वरमा तनावग्रस्त भएको छ।
प्रहरी माथि ढुङ्गा प्रहार भएपछि प्रहरीले पनि प्रदर्शनकारीमाथि पानीको फोहोरा चलाउँदै छ। ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, अमेरिकी दबाब मुर्दावाद’ लगायत नारा लगाउँदै आज माओवादीनिकट वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।
विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई निषेधाज्ञा तोडेर अगाडि बढ्न दिएको छैन । सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij