Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

फेरी सर्ने भो कांग्रेसका १६ जिल्लाको अधिवेशन

फेरी सर्ने भो कांग्रेसका १६ जिल्लाको अधिवेशन

  • ललितपुर/ नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते नहुने भएको छ। फागुन १३ गते पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले बाँकी जिल्लाहरुमा अधिवेशन नहुने भएको हो। फागुन १३ गते पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले बाँकी जिल्लाहरुमा अधिवेशन नहुने भएको हो। प्रदेश २ का अधिकांशसहित १६ जिल्लाको अधिवेशन निधिको जन्म दिवस मनाउने भएकाले अब फरक फरक मितिमा अधिवेशन हुने भएको हो।

    onlinepatrika
    Arghakhachi

    कांग्रेस कैलाली सभापति नरनारायण शाहले त्यहाँ फागुन १५ फागुन २० भित्रै अधिवेशन सम्पन्न गर्ने गरि केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधनको तयारी गरिरहेको छ। फागुन २० गतेबाट ुगाउँ जाऊँ, कांग्रेस जिताऔँु नारासहितको एक महिने देशव्यापी अभियान भएकाले त्यसअघि नै अधिवेशन सम्पन्न गरिने निर्वाचन समिति स्रोतले जनाएको छ। गत माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

    AGNI GROUP

    निर्वाचन समितिका अनुसार, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ। गते अधिवेशन तय गरिएको छ। एक नेताका अनुसार अब बाँकी १६ जिल्लामा फरक फरक मितिमा अधिवेशन हुनेछन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij