Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बालकोटमा देउवाको आकस्मिक बैठक

बालकोटमा देउवाको आकस्मिक बैठक

  • काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा ओलीलाई भेट्न डा. आरजु राणा देउवाका साथ बालकोट पुगेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईले जनाए।

    onlinepatrika
    Arghakhachi

    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको निजी निवास बालकोटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे भेटवार्ता गर्नु भएको छ’, बजगाईंले भने।

    AGNI GROUP

    यसअघि सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा छलफल भएको थियो। सत्ता गठबन्धनको बैठक भोलि शुक्रबार बिहान १० बजे पुनः बस्दैछ। सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवा डा। राणाको साथमा बालकोट पुगेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij