Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । पुनः ८ गते सत्ता गठबन्धनको बैठक बस्ने गरि अमेरिकी सहयोग परियोजना (एमसीसीं) बारे छलफल बिना निष्कर्ष सकिएको छ। बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।
बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेको हो। सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसीसी संसदमा टेबुलसमेत हुन सकेको छैन । एमसीसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुन सकेको थिएन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij