Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

मन्त्रीपरिषदले स्वीकृत गर्यो विश्व बैंकको दुई अर्ब बढी ऋण

मन्त्रीपरिषदले स्वीकृत गर्यो विश्व बैंकको दुई अर्ब बढी ऋण

  • काठमाण्डौं/ सरकारले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर (२ अर्ब १४ करोड रुपियाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रीपरिषद बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने २ अर्ब १४ करोड रुपियाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो।प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिकको अध्यक्षमा गङ्गाराम कँडेलको राजीनामा स्वीकृत गर्नेलगायत मन्त्रिपरिषद्ले केही महत्वपूर्ण निर्णय गरेको छ।
    नेपाल धिलोपत्र बार्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्ति गर्ने, नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को अनुसूची–१ हेरफेर गर्ने, नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने र श्रमिक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता कार्कीले ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि २०२१–२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपीक्षय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

    AGNI GROUP

    यसैगरी, औषधि दर्ता (चौथो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल (पाँचौं संशोधन) नियमाली, २०७८ स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जनाए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij