Jun 22 2026 | २०८३, असार ८ गते
काठमाण्डौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छिन् । उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
राष्ट्रपतिद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, “हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ ।” हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कालखण्डमा भएका सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिको संरक्षण र रक्षामा सबैले जोड दिनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij