Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

ईन्स्पेक्टर वलीको उत्कृष्ट अवतार 

ईन्स्पेक्टर वलीको उत्कृष्ट अवतार 

  • ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी निरीक्षक हरि बहादुर वलीले प्रशंसा पत्र प्राप्त गरेका छन् । शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी वृत्त सातदोबाटो कार्यलयका प्रमुख नायव प्रहरी उपरिक्षक दिनेश घिमिरेले वलीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    वृत्त सातदोबाटो अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक ओलीले विभिन्न समयमा अनुसन्धान अधिकारीको हैसियतले प्रभावकारी तवरले प्रहरी परिचालनमार्फत कार्य गरेकोले निजलाई पुरस्कार तथा कदर गरिएको कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    वलीको उत्कृष्ट नेतृत्व

    - २०७८।०३।२२ गते बेलुकाको समयमा ललितपुरको धापाखेलस्थित फुटसल ग्राउण्डमा खेलाडीहरु बिच दोहोरो ग्याङ फाईट हुँदा विपक्षले रमेश तामाङको टाउकोमा फलामको रंङले प्रहार गर्दा गम्भिर घाईते भएकोमा अस्पताल पुर्‍याई प्रतिबादी मध्ये ११ जनालाई राती काठमाडौंको बालाजुबाट पक्राउ गरी कानुनी दायरामा ल्याएको कामको श्रेय इन्स्पेक्टर ओलीलाई दिइएको छ ।

    - ललितपुर लुभु र सातदोबाटो एरियामा डलर सटही गर्ने बहाना बनाई रु. १०,००,०००।- र रु.५,००,०००।- रकम लिई डलर भनि कागजको नोट दिई ठगी गर्ने विवेक कुमार पटेललाई कानुनको दायरामा ल्याएको । 

    - ललितपुर महानगरपालिका वडा नं।१४ शोभाहिटी स्थितबाट लागु औषध कारोबार गर्दै आएका हेमन खड्गी, रामसरन सुबेदी र गणेश अधिकारीलाई बा.१० च ३३०९ नं. को गाडीमा सवार रहेको अवस्थामा फेला पारी खानलतासी गर्दा २१२.७७ ग्राम लागु औषध खैरो हिरोईनसहित पक्राउ गरी कानुनको दायरामा ल्याएको । 

    - फैसला कार्यान्वयनको क्रममा ८ बर्ष ८ महिना ९ दिन कैद सजाय रु. ७३,०७,६००।- जरीवाना भएका ३६ जना फरार प्रतिवादी पक्राउ गरि कानुनी दायरामा ल्याएको ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij