Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ/ सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधान र कानुनभन्दा माथि एमसीसीका कुनै सर्त नभएको उल्लेख गरेका छन् । आइतबार प्रतिनिधिससभाको वैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी सम्झौता टेबल गर्दै मन्त्री कार्कीले यस्तो उल्लेख गरेका हुन् ।
सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्। मन्त्री कार्कीले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधिसभा समक्ष पेस गरेका हुन्।
मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिताभन्दा एमसीसी सम्झौताको कुनै पनि व्यवस्था र सर्त माथि नभएको स्पष्ट पारे। उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताअनुसार कुनै पनि सैन्य संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै एमसीसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको उल्लेख गरे।
एमसिसी पेस गर्दै सञ्चार मन्त्री कार्कीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij