Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ/ युवराज सफलको नेतृत्वमा रहेको समाजवादी केन्द्र नेपाल नामक राजनीतिक दल बलियो र सशक्त हुने भएको छ । विभिन्न राजनीतिक दलबाट विद्रोह गरी करिब २४ सय नेता तथा कार्यकर्ताहरु उक्त पार्टीमा समाहित भएपछि एक विज्ञप्ति जारी गर्दै नेपाली मोडेलको समाजवादी क्रान्ति सम्पन्न गर्न ऐतिहासिक कार्यभार पुरा गर्ने वताएका छन् । नेताहरु युवराज सफल, मनराज भुजेल, द्धारिका मानव, पिएन सापकोटा, कृष्ण प्रसाद जति, पदम कुबँर र सविन राज मिश्रले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दर्ता नं. १६९ कायम रही दर्ता भएको समाजवादी केन्द्र नेपाललाई अझ मजबुत ,शक्तिशाली ,निर्णायक ,जुझारु र सशक्त बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । बैठकले समाजवादी केन्द्र नेपालको नाम, झण्डा, चुनाब चिन्ह, विधान, नियमावली, घोषणा पत्र र अन्य दस्तावेजलाई स्वीकारेर जाने र अपुग तथा संशोधन गर्न पर्ने कुराहरु आएको खण्डमा पार्टी केन्द्रीय समिति बैठक र आउँदो महाधिवेशनमार्फत समाधान खोज्ने समेत जनाएका छन् ।
विज्ञप्तीको पूर्ण पाठ

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij