Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । मधेस प्रदेश सरकारले डेढ वर्षअघि करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका पाँच वटा बस कवाडी बन्दै गएका छन्। उक्त पाँच वटा बस लामो समयदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठ वटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नहुँदा खुल्ला अकासमुनि थन्काएर राखिएको प्रदेश सरकारले जनाएको छ ।
थन्किएका बस डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायत बिग्रदै गएको छ । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा बस खरिद गरिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij