Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

कुलमान नेतृत्वको चमत्कार, प्राधिकरणमा बढ्यो नाफाको थैली

कुलमान नेतृत्वको चमत्कार, प्राधिकरणमा बढ्यो नाफाको थैली

  • काठमाडौं/  नेपाल विद्युत प्राधिकरणले ६ महिनामै उल्लेख्य नाफा कमाउन सफल भएको छ । प्राधिकरणले ६ महिनामा १२ अर्वभन्दा बढि नाफा हासिल गरेको हो प्राधिकरणले सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको छ । अपरिष्कृत विवरणअनुसार प्राधिकरणले अघिल्लो आर्थिक वर्ष छ अर्ब १८ करोड रुपियाँ नाफा कमाएको थियो ।
    आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफा गर्दै आएको छ । विद्युत चुहावट नियन्त्रणमा सफलता मिलेको र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएकाले नाफा आर्जनमा प्राधिकरणलाई सफलता मिलेको हो ।

    onlinepatrika
    Arghakhachi

    राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत् चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाण वृद्धि र आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, खर्च कटौतीलगायतका कारण नाफा आर्जन गर्न सफल भएको हो । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा भने थप तीन अर्ब रुपियाँ नाफा हुने प्राधिकरणको प्रक्षेपण छ । “चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासन कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,” घिसिङले भने।

    AGNI GROUP

    आर्थिक वर्षको पछिल्लो छ महिनामा सुक्खायामका कारण उत्पादन कम हुने र भारतबाट विद्युत् आयात बढ्नेछ भने निजी प्रवद्र्धकलाई पनि यो अवधिमा महँगो शुल्क तिर्नुपर्ने हुन्छ । पुसदेखि नयाँ उपभोक्ता महसुल समायोजन भएकाले पनि चालू आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्ने देखिएको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपियाँ खर्च गरेको छ ।

    निर्यात बढ्यो
    अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । गत आर्थिक वर्ष भरको विद्युत् निर्यात ३१ करोड ६० लाख रुपियाँ रहेकामा चालू आर्थिक वर्षको छ महिनामै ८० करोड ५० लाख रुपियाँको विद्युत् निर्यात भएको छ । गत आर्थिक वर्षमा चार करोड ४० लाख युनिट निर्यात भएकामा यस वर्ष आधा समयमै १७ करोड ३० लाख युनिट पुगेको छ ।

    आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपियाँको विद्युत् आयात भएकामा गत आर्थिक वर्ष २१ अर्ब ८२ करोड रुपियाँ पुगेको थियो । चालू आर्थिक वर्षको छ महिनामा दुई अर्ब ५८ करोड रुपियाँको मात्र विद्युत् आयात भएको छ ।
    माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपियाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

    चुहावट घट्यो
    चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आर्थिक वर्षको मध्यसम्ममा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गरेको हो ।कम छैन ऋण
    प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपियाँ छ । प्राधिकरणको पूूँजीकृत सम्पत्ति एक खर्ब ६५ अर्ब, पूूँजीकृत हुन बाँकी सम्पत्ति एक खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब एक करोड रुपियाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij