Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

अलपत्र महिलाको उद्धार

अलपत्र महिलाको उद्धार

  • काठमाडौँ/ दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । खाडी देश यूएई पठाइदिन्छु भन्दै दलालले २ लाख २० हजार रुपैयाँ लिएर भारतको नयाँ दिल्ली पुर्याइएकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याएका थिए। लामाले त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गरेकी थिइन् ।

    AGNI GROUP

    उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । उर्जेन लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij