Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सरकारमा बसेर एमसीसीको बिपक्षमा मतदान गर्नु अनैतिक कार्य – गगन थापा

सरकारमा बसेर एमसीसीको बिपक्षमा मतदान गर्नु अनैतिक कार्य – गगन थापा

  • काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर एमसीसीको बिपक्षमा मतदान गर्नु अनैतिक कार्य हुने वताएका छन् । आज काठमाडौँमा पत्रकारहरुसंग कुरा गर्दै काँग्रेस महामन्त्री थापाले भने, ‘सरकारमा सहभागी भएर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक काम हो ।’ महामन्त्री थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन । 

    onlinepatrika
    Arghakhachi

    उनले भने,‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौँ । तरसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’ 

    AGNI GROUP

    हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे। तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसीसीका पक्षमा बोल्नका लागि काँग्रेसले पार्टी पङ्तिलाई प्रशिक्षित गर्ने उनले बताए। 

    उनले भने,‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ। सिङ्गो पार्टी एमसीसीका पक्षमा छ।” सत्तागठबन्धनमा रहेका नेकपा (माओवादी केन्द) र एकिकृत समाजवादीले संसदमा मतदान भए एमसीसीको विपक्षमा मतदान हाल्ने बताइरहँदा नेता थापाको पछिल्लो धारणा आएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij