Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसी साधारण बहुमतले पास हुने

एमसीसी साधारण बहुमतले पास हुने

  • काठमाडौं/ प्रतिनिधिसभा संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भइसकेको छ । अब एमसीसी पारित गर्न मुख्य तीन प्रक्रिया बाँकी छन् । पहिलो, संसद्का सदस्यहरुले सैद्धान्तिक एवम् सामान्य छलफल हुनेछ, दोस्रो सदन वा समिति दुवैमा विस्तृत छलफल हुनेछ र तेस्रो एमसीसी पारितको प्रक्रिया अघि बढ्ने सङ्घीय संसद्को सचिवालयले जनाएको छ । संसदमा हाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ९८ सांसद संख्या छ ।

    onlinepatrika
    Arghakhachi

    यसैगरी, सत्ता गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसको ६३, नेकपा (माओवादी केन्द्र) का ४९, नेकपा (एकीकृत समाजवादी) का २३, जनता समाजवादी पार्टी (जसपा) को २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को १३ सांसद सङ्ख्या छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक, एक सांसद छन् ।
    संविधानमा कुन–कुन सन्धि, सम्झौता दुई तिहाईले पारित गर्नुपर्छ वा कुन–कुन सम्झौता प्रतिनिधिसभाबाट मात्रै गरे हुन्छ भन्ने व्यवस्था प्रतिनिधिसभा नियमावली, २०७५ मा पनि रहेको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला बताउँछन् । ‘नियमावलीमा कुनै पनि पद वा सङ्ख्या भनेको एक चौथाइ सदस्य संख्या हो । यो संख्या बैठक बस्न सक्ने सँख्या हो ।

    AGNI GROUP

    उपस्थित संख्याको साधारण बहुमतबाट पारित हुने व्यवस्था छ ।’, उनले भने । कुल दुई सय ७१ सदस्यीय सांसदमध्ये एक चौथाईका लागि ६८ गणपूरक सङ्ख्या हुन्छ । र, यो उपस्थित सङ्ख्याको साधारण बहुमतबाट एमसीसी पारित हुनसक्ने जनाइएको हो ।

    सत्ता गठबन्धनभित्र पनि काँग्रेसले मुख्यगरी एमसीसी संसदमा प्रस्तुतपछि पारित हुनुपर्नेमा जोड दिएको छ । तर सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) एमसीसीको विपक्षमा उभिने जनाइएको छ ।

    यसैगरी, नेकपा (एकीकृत समाजवादी)को सोमबारको सचिवालयको बैठकले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । संसद् सुचारुका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गर्दै आएका छन् । पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसी संसदमा लानुपर्ने बताउँदै आएको अवस्थामा एमसीसी पारितका लागि काँग्रेसले एमालेसँग पनि सहमति प्रयास गर्न सक्ने अर्को विकल्पको सम्भावना देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij