Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं/ नेपाली कांग्रेसको संसदीय दलले फागुन १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थित हुनका लागि आफ्ना सबै सांसदहरुलाई निर्देशन जारी गरेको छ । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको वताइन्। सचेतक भुसालले बिहीबार बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जनाइन् । सचेतक भुषालले भनिन्,‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ ।’
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुई जना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij