Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन् ।
दमौलीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पौडेल एमसिसीमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका हुन् ।
“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उनले भने। एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij