Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध जारी राख्ने एमालका प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनले एमसीसीमाथिको छलफलमा भाग नलिने पनि बताएका छन् । त्यसैगरि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने प्रयास भए आफूहरु त्यसको विपक्षमा उभिने बनाएका छन्।
‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भने ,आज एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीस टेबुल भएको हो। एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन्। देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij