Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मदनको निवासभित्र कांग्रेसको 'मास्टर प्लान'

मदनको निवासभित्र कांग्रेसको 'मास्टर प्लान'

  • ललितपुर । नेपाली काँग्रेस ललितपुरको अधिवेशन सकिएको सय दिन पुगेको छ । अधिवेशनकै सयदिनको चर्चा चलिरहँदा यता काँग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सभापति मदनबहादुर अमात्यको निवासमा ललितपुरको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बसेको छ । 

    onlinepatrika
    Arghakhachi

    उक्त भेलाका एक सहभागीले पार्टीलाई विधि, विधान अनुसार चलाउन र सबैलाई मिलाएर लैजान सभापतिलाई आग्रह गर्ने भन्ने कुरा भएको जनाए । ‘पार्टी प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजानुपर्छ ।’ उनको भनाई थियो, ‘यहाँ पार्टी अफिसको विषयमा ठूलो विवाद थियो । त्यसलाई मिलाउने मै हुँ । मैले एकदम महत्वपूर्ण भूमिका खेलेको छु । दुबै पक्षलाई मिलाएर, मुद्दा फिर्ता लिएर, कारवाही फिर्ता लिएर समाधान गराएको हो ।’ जिल्लाको हकमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्नेमा सबैको जोड थियो । 

    AGNI GROUP

    भेलामा सहभागी अर्का सहभागी नेताले स्थानीय चुनावलाई मध्यनजर गर्दै छलफल भएको वताए । उनले भने, ‘हाम्रोलाई हैन राम्रोलाई टिकट दिनुपर्छ । अहिलेको जिल्ला कार्यसमितिको नेतृत्वले फरक धारमा रहेका सहकर्मीहरुलाई पेलेरै जाने सोच रहेको देखियो । प्रतिस्पर्धी उम्मेद्धारहरुसँग छलफल समेत पनि गरिएन । यस्तो प्रवृतिविरुद्ध संघर्ष गर्नका लागि हामीपनि तयार रहनु भन्ने पनि कुरा भयो ।’ 

    पार्टी नेतृत्व चयन भएको एक सयदिन भएको अवसरमा समिक्षा गरिएको जनाउँदै ती नेताले भने, ‘उहाँहरु जसरी परिचालित हुनुहुन्छ, हामीपनि त्यही अनुसार ‘टिट फर ट्याट’को नीतिमा अगाडि बढ्ने हो ।’ उनले भने, ‘जिल्ला सभापति कुनै एक व्यक्तिको आदेशका भरमा परिचालित भएको र यसले नराम्रो संकेत गरेको छ ।’ स्रोतका अनुसार एक सय दिनको समिक्षा भनिएपनि स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा अमात्य निवासमा भएको भेलाले महत्वपूर्ण अर्थ राख्दछ । 

    बैठक स्रोतका अनुसार भेलामा ललितपुरका चर्चित नेताहरुको सहभागिता थियो । भेलामा केन्द्रीय सदस्य उर्मिला के.सी. नेपाल, वागमती प्रदेश उपसभापति चन्द्र महर्जन, कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, संविधानसभा सदस्य रामकृष्ण चित्रकार, महाधिवेशन प्रतिनिधि मीनकृष्ण महर्जन, वागमती गाउँपालिका वडा नं. ३ का अध्यक्ष बिष्णु तिमल्सिना र काँग्रेस ललितपुरका निवर्तमान सहसचिव अमीर बज्राचार्य सहभागिता थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij