Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं / ‘नेपालको संघीय संसदको प्रतिनिधिसभामा फागुन ८ गते आइतबार टेबल भएको एमसीसी परियोजना व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।
‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र रु भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij