Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । काठमाडौंमा दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि बुधबार नै पदाधिकारी बैठक पनि डाकिएको छ ।
स्थानीय निर्वाचन नजिकिएको सन्दर्भमा उम्मेदवार चयनमा पार्टी सक्रिय भएको, पाँच वटा प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको अवस्थामा राप्रपाले बैठकबाट आगामी रणनीति बनाउने अपेक्षा गरिएको छ । मंसिरमा सम्पन्न एकता अधिवेशनपछि केन्द्रीय समितिको दोस्रो बैठक बस्न लागेको हो । राप्रपाको केन्द्रीय महाधिवेशनमा पराजित भएका पूर्व अध्यक्ष कमल थापाले भने राप्रपा परित्याग गरी पुनः राप्रपा नेपपाल नै व्युँताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij