Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij