
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेमा अभिनेत्रीसमेत रहेकी रेखा थापालगायत छन् ।
यस्तै, इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । मनोनीत हुने अन्य सदस्यमा सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा, कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij