Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

स्थानीय चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन

स्थानीय चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन

  • काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय चुनावमा केन्द्रीत हुन कार्यकर्तालाई  निर्देशन दिएका छन् । शुक्रबारको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय चुनावको तयारीमा केन्द्रित हुन जोड दिएको नेता देव गुरुङले जानकारी गराए ।

    onlinepatrika
    Arghakhachi

    नेता गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्दै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। गठबन्धनकै आधारमा निर्वाचनसम्म जाने र पुरै निर्वाचनको तयारीमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।

    AGNI GROUP

    बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी परियोजनाको विषयमा दलहरुबीच सहमति नजुटेपछि व्याख्यात्मक टिप्पणीमार्फत् यसलाई अगाडि बढाएको प्रष्ट पारेका छन्। बैठकमा एमसीसीको विषयमा थप समीक्षा र मूल्यांकन गर्दै अगाडि बढ्ने विषयमासमेत छलफल भएको नेता गुरुङको भनाइ छ।

    बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे फरक मत राखेको नेता गुरुङले जानकारी गराए। श्रेष्ठले फरक मत राखेपछि अध्यक्ष प्रचण्डले पार्टी भित्रको छलफलले पार्टी थप सुदृढ र एकीकृत हुने विश्वास व्यक्त गरेका छन्।

    ‘पार्टी एकताको विकल्प छैन। छलफल र व्यवस्थापन गर्दै जानुपर्छ। मतभेदका विषय छन् तर पार्टी युनिफाइड भएर अगाडि बढ्नेछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै गुरुङले भने। थप गृहकार्य गरेर माओवादी केन्द्रीय समिति बैठक आइतबार पुनः बस्ने जनाइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij