Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारमा समस्या देखिएको छ ।
सुर्खेत घर भएका ३८ वर्षीया होटल व्यवसायी रणबहादुर डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो ।
उनि अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्ध फाल्गुन १६ गते आन्दोलनका क्रममा ढुङ्गा प्रहारबाट घाइते भएका थिए । अहिले उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।चिकित्सकहरूका अनुसार महिना दिनसम्म अस्पतालमै बसेरै उपचार गर्नु पर्ने भएकाले थप उपचारमा लाग्ने खर्च रकम जुटाउन समस्या भएको तुल्साले बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij