Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद चल्न नदिएर आफूहरुलाई दुःख दिने काम गरिरहेको वताएका छन् । अध्यक्ष नेपालले यस्तै अवस्था रहीरहे संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।
संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने - 'केपी ओलीको एमालेले संसद पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेका छन् । यस्तो अवस्थामा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुन्छ भन्ने कुरा आएको छ । संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।'
तर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न असम्भव रहेको भन्दै त्यो सम्भावना नरहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij