Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माओवादी केन्द्रीय समितिको बैठक ६९ दिनपछि

माओवादी केन्द्रीय समितिको बैठक ६९ दिनपछि

  • काठमाडौँ/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक ६९ दिन पर धकेलिएको छ । आज फागुन २३ गतेको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने जनाएका हुन् । पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताए ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए । यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतको फरक मतसहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र सबै विषय पार्टीको सम्पत्तिको रुपमा ग्रहण गरेर अर्को बैठकमा छलफल हुने बताएका हुन् ।

    AGNI GROUP

    अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij