Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं/ एकीकृत समाजवादीको बैठकमा मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न उठेको छ । नेकपा (एकीकृत समाजवादी) जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको हो ।
बिहीबार काठमाडौँमा जारी रहेको समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली र आचरणमा प्रश्न उठेको जनाइएको छ। पार्टीको निर्देशन र आचारसंहिता बिपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसंगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।
उनले अब पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएका जानकारी दिए । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए। यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij