Jun 16 2026 | २०८३, असार २ गते
रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डले बताएका छन् ।
सोमबार रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डले बताएका हुन्।
अहिले रोल्पामा विकासका काम भइरहेको बताउँदै उनले भने, ‘रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्छ ।’ उनले युद्ध पर्यटनलाई प्रोत्साहन गर्ने र प्यूठानको स्वर्गद्वारीसँग जोड्न सक्ने हो भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने बताए ।
रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि कीर्तिमान (रेकर्ड) कायम गर्न सक्ने बताउँदै प्रचण्डले सशस्त्र विद्रोहका क्रममा सशस्त्र विद्रोहको पछिल्लो २ वर्ष आफूले रोल्पा रुकुममा बिताएको र १२ बुँदे समझदारी गर्न रोल्पाबाटै गएको पनि उल्लेख गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij