Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रविन्द्रविरुद्ध हस्ताक्षर नहुँदै पार्टी कार्यालयमा लफडा

रविन्द्रविरुद्ध हस्ताक्षर नहुँदै पार्टी कार्यालयमा लफडा

  • काठमाडौं । विवेकशील साझा पार्टीको कार्यालयमा २ समूहबीच झडप भएको छ । आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा २ समूहबीच झडप भएको हो । निर्देशक सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गर्ने क्रममा झडप भएको हो ।  

    onlinepatrika
    Arghakhachi

    बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्दैछन्। उनीहरुले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन्। 

    AGNI GROUP

    असन्तुष्ट समूहले मिश्रले एकपक्षीय रुपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्लो दिन समानान्तर भेलालाई तिव्रता दिएको छ। यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ। 

    यही दाबीकाबीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि झडपको अवस्था सृजना भएको हो। संस्थापनले हलमा ताला लगाइदिएको छ भने त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको छ। अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ। 

    यता मिश्र पक्षले पनि आजै पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ । मिश्रले विचारभन्दा माथि देशको एजेण्डा पार्टीमा लागू गराउँदै एकपक्षीय रुपमा अघि बढेपछि विवेकशीलमा विवाद देखिएको हो। पछिल्लो समय मिश्रले राप्रपासँग एकता गर्ने तयारी गरेपछि विवाद थप चर्किँदै गएको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट