Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन्।
बुधबार राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए। कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो।
‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो। यी सबै कुराको ख्याल राख्नुपर्छ। गठबन्धनको औचित्य बाँकी नै छ। वास्तविक धरातमा उभिन अनुरोध गर्दछु’ तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने।
अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए। ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ’ सिंहले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij