Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु

टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु

  • काठमाडौं । काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि उक्त क्षेत्रमा अहिले तनावको स्थिति सिर्जना भएको छ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय वल्ड्र युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको हो। आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन्। स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ। केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ।

    AGNI GROUP

    बिहान ८ बजे २ जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो। घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ।

    घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट