Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भरतपुर महानगरमा माओवादीको दाबी छ : प्रचण्ड

भरतपुर महानगरमा माओवादीको दाबी छ : प्रचण्ड

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रको दाबी रहने बताएका छन् । बुधबार गृह जिल्ला पुगेका प्रचण्डले भरतपुर महानगरमा माओावदीको दाबी रहने बताएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    प्रचण्डले स्थानीय निर्वाचनमा गठबन्धन हुने र महानगर–उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा भागबन्डा हुने पनि बताए । उनले महानगर–उपमहानगरमा केन्द्र तहबाट नै तालमेल हुने बताए। उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए।

    AGNI GROUP

    उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं’ उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट