Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

स्थानीय निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणबारे सत्तागठबन्धनको बालुवाटारमा छलफल

स्थानीय निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणबारे सत्तागठबन्धनको बालुवाटारमा छलफल

  • काठमाडौं । आगामी ३० बैशाखमा हुने स्थानीय तहको चुनावमा तालमेल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।

    onlinepatrika
    Arghakhachi

    बैठक बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ दलका नेताहरुले आगामी ३० बैशाखमा हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन्।

    AGNI GROUP

    सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने चुनावमा तालमेल गर्ने विषयमा विवाद रहेको छ । तर, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने चुनावमा गठबन्धन गर्ने विषयमा दृढ देखिएका छन् । 
    आजको सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट