Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक स्थिति सम्हाल्न सक्ने अवस्थामा रहेको बताएका छन् ।
रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तै स्थितिमा पुगेको भन्ने सुनिन आएतापनि नेपालको स्थिति सम्हाल्न सक्ने अवस्थामा नै रहेको बताए । उनले नेपालको आर्थिक स्थिति श्रीलंकाको स्थितिमा नपुग्ने पनि बताए ।
यस्तै माओवादी पार्टीले देशको संकट मोचन गर्ने बताउँदै अध्यक्ष प्रचण्डले पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको भएतापनि माओवादी केन्द्रले विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला सम्हालेको भन्दै फेरि पनि सम्हाल्ने बताए ।
समस्या समाधानका लागि पहल सुरू भइरहेतापनि अप्ठेरो स्थिति आउन सक्ने बताउँदै गठवन्धनको नेताको हैसियतले अप्ठ्यारो स्थितिलाई सम्हाल्ने माओवादी अध्यक्ष प्रचण्डले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij