Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनदले संसदबाट अनुमोदन हुँदैमा एमसीसी लागू हुन नसक्ने बताएका हुन् ।
एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने बताउँदै उनले भने, ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ अब ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’
यस्तै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताउँदै उनले भने ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पु¥याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij