Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाली सेनाको कडा सुरक्षा सहित निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय चुनावका लागि नमूना मतपत्र छाप्न सुरू गरेको छ। आयोगको आग्रहमा जनक शिक्षा सामग्री केन्द्रले नमूना मतपत्र छाप्न थालेको छ।
नेपाली सेनाको निगरानीमा बिहीबारदेखि नै मतपत्र छपाइ सुरू भएको छ। निर्वाचन अघि परीक्षण गर्नको लागि नमुना मतपत्र छाप्ने काम गरिएको हो। मतपत्र छपाइ स्थलमा सेनाका कर्णेलको नेतृत्वमा १ सय २० जना सेनाले सुरक्षा दिएका छन्।
स्थानीय चुनावका लागि २ करोड मतपत्र छाप्ने आयोगको तयारी छ। चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता छन्।मतदाताभन्दा १५ प्रतिशत बढी मतपत्र छाप्ने आयोगको तयारी छ।
आयोगले मतदान गर्ने मतपत्र भने वैशाख १५ अघि नै छापिसक्ने र ढुवानी गरिने बताएको छ। सडक नपुगेका ठाउँमा सेनाको हेलिकप्टरबाट मतपत्र लगिनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij