Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

  • काठमाडौं । महँगी र अभाव भएपछि श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा गरिएको छ। चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए। गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए।
    शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन्। बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ।

    AGNI GROUP

    अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ। इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij