Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

तीन डिआइजीको रिटमा आज सुनुवाइ

तीन डिआइजीको रिटमा आज सुनुवाइ

  • काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी)हरुले हालेको रिटको सुनुवाइ आज हुँदै छ । डिआइजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डिआईजी)को रिटमा आइतबार सुनुवाइ हुने भएको छ ।  सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डिआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। 

    onlinepatrika
    Arghakhachi

    लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन्। रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् । 

    AGNI GROUP

    उनीहरूले सर्वोच्च जानुअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए। समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस भएका डिआईजीहरूको बढुवा गरेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij