Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सिडिओलाई गृहमन्त्रीको निर्देशन, ‘बजार अनुगमन गर्नुस्’

सिडिओलाई गृहमन्त्रीको निर्देशन, ‘बजार अनुगमन गर्नुस्’

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर बजार अनुगमन गर्न निर्देशन दिएका छन् । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सिडिओहरुलाई फोन गरेर यस्तो निर्देशन दिएको हो ।  

    onlinepatrika
    Arghakhachi

    कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् । व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य मन्त्री खाणले बताएका छन् । 

    AGNI GROUP

    खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई समेत निर्देशन दिएको छ । दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत् अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij