Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग 

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग 

  • काठमाडौं ।  आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा पालन गर्नु पर्ने आचारसंहिताको विषयमा छलफल गर्न निर्वाचान आयोगले दलहरुसँग छलफल गर्ने भएको छ । मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ।

    onlinepatrika
    Arghakhachi

    आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न  स्थानीय निर्वाचनमा भागलिने ७९ वटा दलहरुबाट प्रतिबद्धता खोजेको छ। आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह गर्न र आचारसंहिताको विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको छ । 

    AGNI GROUP


    ०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो।

    सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij