Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने

अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने


  • काठमाडौँ । देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    बुधबार चितवनको आँप टारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लालपूर्जा वितरण सुरुवात पहिलो पटक भरतपुर महानगरपालिकाबाट भएको र अब छिट्टै देशैभर लालपूर्जा वितरणको कामले तिब्रता पाउने बताएका छन् ।  

    AGNI GROUP

    भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या नै समाधान हुने दाबी गर्दै गठबन्धन सरकारले दलितको मात्रै नभएर सुकुम्बासी समस्या समाधन भएको बताए ।

    यस्तै सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताउँदै महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने आफ्नो विचार भएको समेत बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij