Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अमृता खत्रीको हत्या भएको भन्दै प्रदर्शन

अमृता खत्रीको हत्या भएको भन्दै प्रदर्शन

  • बुटवल । बुटवलकी २९ वर्र्षीया अमृता खत्री टण्टनको शंकास्पद मृत्यु भएपछि सथनीय र आफन्तले उनको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् ।  
    रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रदर्शन गरेका हो। 
    बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ। पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप छ ।  

    onlinepatrika
    Arghakhachi

    जानकीनगर भेटेनरी लाइनदेखि योगिकुटी हुँदै इलाका प्रहरी कार्यालयसम्म भएको प्रदर्शनमा स्थानीय महिलाको बाक्लो उपस्थिति छ। प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन्।  

    AGNI GROUP

    अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। पटकपटक यातना पाएको भन्दै अमृताले गत भदौमा वडा कार्यालयमा निवेदन दिएकी थिइन्। त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो। मृतकका ५ वर्षीय छोरा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट